१५ चैत २०८२, आइतवार

चैते दशैँ आज: शक्तिपीठमा भक्तजनको भीड, राम नवमीको तयारी सुरु

प्रोफाईल खबर १२ चैत २०८२, बिहिवार

News Summary

This Summary is Generated by AI & Editorially reviewed.

  • चैत शुक्ल अष्टमीमा देशभर नवदुर्गाको पूजा-आराधना गर्दै चैते दशैँ मनाइँदैछ, नवमीलाई राम नवमीका रूपमा मनाउने परम्परा छ।
  • काठमाडौं उपत्यकालगायत देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो लागेको छ, जहाँ पूजा-आराधनाले शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

काठमाडौं । हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज देशभर नवदुर्गा भगवतीको पूजा–आराधना गर्दै श्रद्धापूर्वक मनाइँदै छ। विशेषगरी अष्टमी र नवमीलाई यस पर्वको मुख्य दिनका रूपमा लिइन्छ, जसले धार्मिक आस्था र सांस्कृतिक परम्परालाई अझ मजबुत बनाउने काम गर्छ।

अष्टमीका दिनलाई चैते दशैँका रूपमा मनाइने गरिन्छ भने नवमीलाई त्रेता युगमा भगवान रामको जन्म भएको विश्वासका आधारमा राम नवमीका रूपमा मनाउने परम्परा छ। धार्मिक मान्यताअनुसार अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ पुत्रका रूपमा रामको जन्म भएको सम्झनामा नवमीको दिन विशेष पूजा गरिन्छ।

बडादशैँजस्तै चैते दशैँमा पनि परिवारका सदस्यबीच भेटघाट, जमघट र धार्मिक गतिविधि हुने गर्छन्। यद्यपि यो पर्व आकारमा सानो भए पनि यसको धार्मिक महत्व निकै गहिरो मानिन्छ। विशेषगरी उपत्यकाका विभिन्न शक्तिपीठमा भक्तजनको ठूलो भीड लागेको छ।

काठमाडौं उपत्यकाभित्रका गुह्येश्वरी मन्दिर, जयवागेश्वरी मन्दिर, मैतीदेवी मन्दिर, नक्साल भगवती मन्दिर, भद्रकाली मन्दिर, शोभा भगवती मन्दिर, कालीकास्थान मन्दिरबज्रयोगिनी मन्दिर लगायतका शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। श्रद्धालुहरूले पूजा, आरती तथा बलि चढाएर मनोकामना पूरा हुने विश्वास लिएका छन्।

यसैगरी, प्राचीनकालदेखि नै हनुमान ढोका दरबारको दशैँ घरमा पनि चैते दशैँका दिन विशेष पूजा गरिने परम्परा कायम छ। यहाँ हुने पूजा ऐतिहासिक र धार्मिक दृष्टिले विशेष महत्व राख्दछ।

धार्मिक विश्वासअनुसार आजका दिन शक्ति पीठमा गई पूजा–आराधना र दर्शन गरेमा शक्ति प्राप्त हुने तथा मनोकामना पूरा हुने मान्यता रहिआएको छ। त्यसैले आज देशभरका शक्तिपीठहरू भक्तजनको उपस्थितिले भरिभराउ देखिएका छन्।

 
 

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट