पराजयको जिम्मेवारी लिँदै गगन थापा राजीनामा दिने तयारीमा
प्रोफाईल खबर
२६ फागुन २०८२, मङ्गलवार
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय भोगेपछि पार्टी सभापति गगन थापाले पदबाट राजीनामा दिने संकेत गरेका छन्। चुनावी हारको नैतिक जिम्मेवारी आफूले लिनुपर्ने भन्दै उनले पद त्याग गर्न तयार रहेको बताएका हुन्।
पार्टी नेताहरूसँगको भेटमा थापाले भने, “पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ, त्यसैले म राजीनामा दिन्छु।”
तर उपसभापति विश्वप्रकाश शर्माले भने तत्काल राजीनामा नदिन सुझाव दिएका छन्। उनका अनुसार यो केवल एक व्यक्तिको गल्ती नभई समग्र परिस्थितिको परिणाम हो। उनले नयाँ कार्यसमिति बनेको केही दिनमै उम्मेदवारी दर्ता र करिब ५० दिनमै निर्वाचन भएकाले पर्याप्त तयारीको समय नपाएको उल्लेख गरे।
शर्माले पराजयको समग्र र सूक्ष्म समीक्षा गरेर पार्टीलाई स्थिर ढंगले अघि बढाउनुपर्ने बताएका छन्। सभापतिले अहिले राजीनामा दिए पार्टी झनै अप्ठ्यारो अवस्थामा पुग्ने भन्दै उनले धैर्यतापूर्वक निर्णय लिन आग्रह गरेका छन्।


प्रोफाईल खबर