ओली र लेखकलाई आज अदालत पेश गरिँदै
प्रोफाईल खबर
१५ चैत २०८२, आइतवार
१५ चैत, काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक लाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै छ। सार्वजनिक बिदाका कारण शनिबार अदालतमा पेश गर्न नसकिए पनि आज म्याद थप तथा प्रारम्भिक सुनुवाइका लागि लगिँदैछ।
गत भदौ २३–२४ मा जेनजी आन्दोलन हिंसात्मक बन्दा तीन प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो भने दुई हजारभन्दा बढी घाइते भएका थिए। सो घटनामा राज्यका प्रमुख संरचनामा समेत तोडफोड, आगजनी र लुटपाट भएको थियो। घटनाबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र लेखकसहित जिम्मेवार पदाधिकारीलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो।
चैत १३ मा बालेन्द्र शाह नेतृत्वको सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि उनीहरू पक्राउ परेका हुन्। अहिले ओली उपचारका लागि शिक्षण अस्पतालमा र लेखक प्रहरी हिरासतमा रहेका छन्।


प्रोफाईल खबर