१५ चैत २०८२, आइतवार

नयाँ प्रधानमन्त्री बालेनको शपथ आज

प्रोफाईल खबर १३ चैत २०८२, शुक्रवार

काठमाडौं । बालेन्द्र शाह (बालेन) आज नेपालका नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा दिउँसो उनलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।

संविधानको धारा ७६(१) अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल बहुमत सरकार गठन हुन लागेको हो। शपथ समारोहमा विभिन्न दलका नेता, कूटनीतिक नियोग, नागरिक समाज तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ।

प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरूको पनि शपथ हुने तयारी छ। हालै सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सिट जित्दै स्पष्ट बहुमत ल्याएको थियो भने बालेन शाहलाई संसदीय दलको नेता चयन गरिसकिएको छ।

 

 

लेखकको बारेमा

प्रोफाईल खबर

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट