मोदीसँग संवादपछि रवि: सहकार्यलाई नयाँ चरणमा पुर्याउने अपेक्षा
प्रोफाईल खबर
२६ फागुन २०८२, मङ्गलवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिँदै नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा व्यक्त गरेका छन्। सोमबार मोदीले सामाजिक सञ्जालमार्फत रवि लामिछाने र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन वार्ता भएको र उनीहरूको जितप्रति बधाई दिएको बताएका थिए।
त्यसको जवाफमा रविले मोदीलाई धन्यवाद दिँदै नेपाली जनताको लोकतान्त्रिक जनादेशलाई सम्मान गरेकोमा प्रशंसा गरेका छन्। उनले रास्वपा नेतृत्वको सरकारले आपसी सम्मान, साझा समृद्धि र विकास कूटनीतिमा आधारित सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता जनाएको बताए।
रविले सडक तथा पूर्वाधारमार्फत सम्पर्क विस्तार, सांस्कृतिक पर्यटन, ऊर्जा र व्यापारका क्षेत्रमा सहकार्य बढाउँदै भारतसँगको साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा व्यक्त गरेका छन्। यसले दुवै देशका नागरिकको समृद्ध भविष्य सुनिश्चित गर्ने विश्वास उनले व्यक्त गरे।
मोदीले पनि नयाँ सरकार गठनका लागि शुभकामना दिँदै भारत–नेपाल सम्बन्ध आगामी वर्षहरूमा अझ मजबुत बन्ने विश्वास व्यक्त गरेका छन्।


प्रोफाईल खबर