२५ फागुन २०८२, सोमवार

बालेनले बुझाए चुनावी खर्च विवरण, १४ लाख १७ हजार खर्च

प्रोफाईल खबर २५ फागुन २०८२, सोमवार

News Summary

This Summary is Generated by AI & Editorially reviewed.

  • बालेन्द्र शाहले प्रतिनिधिसभा निर्वाचनमा भएको खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्।
  • झापा–५ बाट निर्वाचित उनले चुनावी अभियानमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्।

काठमाडौं । बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभा निर्वाचनमा भएको खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहेका बालेन झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले चुनावी अभियानमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्।

बुझाइएको विवरणअनुसार १५ दिनका लागि दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको उल्लेख छ, जसमा इन्धन खर्च समेत समावेश गरिएको छ। त्यस्तै पाँच पटकको हवाई यात्रामा ३५ हजार रुपैयाँ र मतदाता प्रशिक्षण कार्यक्रमको खाजामा २८ हजार ९७० रुपैयाँ खर्च भएको जनाइएको छ।

यसैगरी वडास्तरीय प्रचार कार्यक्रममा ५ लाख ८० हजार रुपैयाँ, नमूना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ, निर्वाचन कार्यालयमा दुई महिनाको पानी खर्च १ लाख २० हजार रुपैयाँ तथा स्टेसनरीमा २२ हजार ८२० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

त्यस्तै झण्डा, ब्याचलगायत प्रचार सामग्री छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ, ब्यानर तथा स्टिकरमा १ लाख १९ हजार ८०८ रुपैयाँ र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको जनाइएको छ।

बालेनका निर्वाचन प्रतिनिधि नवीन भण्डारीको हस्ताक्षरमा बुझाइएको विवरणअनुसार चुनावी अभियानमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

 

लेखकको बारेमा

प्रोफाईल खबर

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट