२३ फागुन २०८२, शनिवार

काठमाडौं उपत्यकामा रास्वपाको लहर : १५ मध्ये १४ क्षेत्रमा अग्रता

प्रोफाईल खबर २२ फागुन २०८२, शुक्रवार

News Summary

This Summary is Generated by AI & Editorially reviewed.

  • प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मतगणनामा काठमाडौं उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बलियो उपस्थिति देखिएको छ।
  • उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता लिएका छन्, जसलाई नयाँ राजनीतिक लहरका रूपमा विश्लेषण गरिएको छ।

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मतगणनामा काठमाडौं उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बलियो उपस्थिति देखिएको छ। उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपा उम्मेदवारहरूले अग्रता लिएका छन्।

काठमाडौंका १० तथा ललितपुर र भक्तपुरका २/२ वटा क्षेत्रमा रास्वपा उम्मेदवारहरू अगाडि रहेका छन्। काठमाडौं–१ मा रञ्जु दर्शना, काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त महर्जन, काठमाडौं–९ मा डीपी अर्याल र काठमाडौं–१० मा प्रदीप विष्ट अग्रस्थानमा छन्।

त्यस्तै ललितपुर–२ मा जगदिश खरेल र ललितपुर–३ मा तोसिमा कार्की ले अग्रता कायम गरेका छन्। ललितपुर–१ मा भने नेपाली कांग्रेसका उदय शम्सेर राणा अघि रहेका छन्।

भक्तपुरका दुवै क्षेत्रमा पनि रास्वपा उम्मेदवारहरूले अग्रता लिएका छन्। नेमकिपाको गढ मानिने भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित अघि छन् भने नेमकिपाका प्रेम सुवाल उनलाई पछ्याइरहेका छन्। त्यसैगरी भक्तपुर–२ मा रास्वपाका राजीव खत्री अग्रस्थानमा रहँदा एमालेका महेश बस्नेत पछि परेका छन्।

प्रारम्भिक मतगणनाले काठमाडौं उपत्यकामा रास्वपाको नयाँ राजनीतिक लहर देखिएको विश्लेषण हुन थालेको छ।

लेखकको बारेमा

प्रोफाईल खबर

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट