रूपन्देही–२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता, विष्णु पौडेल धेरै पछि
प्रोफाईल खबर
२२ फागुन २०८२, शुक्रवार
रूपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेल ले प्रारम्भिक मतगणनामा प्रभावशाली अग्रता बनाएका छन्। पछिल्लो मत परिणाम अनुसार खरेलले ४०७४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका विष्णु पौडेल ले ८४५ मत मात्र पाएका छन्। यससँगै खरेलले पौडेलसँग चार गुणाभन्दा बढीको फराकिलो मतान्तर कायम गरेका छन्।
त्यस्तै, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल ले ५०४ मत प्राप्त गरेका छन्।
यो मतपरिणाम तिलोत्तमा नगरपालिका–१ र बुटवल उपमहानगरपालिका–१ को गणनाबाट आएको हो। अहिले सैनामैना नगरपालिका–१ को मतगणना जारी रहेको छ।
रूपन्देही–२ निर्वाचन क्षेत्रमा बुटवल उपमहानगरपालिकाका १ देखि १३ वडा, तिलोत्तमा नगरपालिकाका १ देखि ६ वडा र सैनामैना नगरपालिकाका १ देखि ४ वडा समेटिएका छन्।
यस क्षेत्रमा नेकपा एमालेका विष्णु पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल, रास्वपाका सुलभ खरेल, नेकपाका विश्वदीप पाण्डे, जसपाका दीपक गुरुङ, जनमत पार्टीका रमेश लोध लगायत विभिन्न दल तथा स्वतन्त्र गरी कुल ३९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
चुनावी परिणाम प्रारम्भिक चरणमै रहे पनि रूपन्देही–२ मा रास्वपाका खरेलले बनाएको फराकिलो अग्रताले प्रतिस्पर्धालाई रोचक बनाएको छ।


प्रोफाईल खबर