“समाजसेवी युवा नेता याम बहादुर ओली: नयाँ ऊर्जा र परिवर्तनको साझा आवाज”
प्रोफाईल खबर
२० माघ २०८२, मङ्गलवार
News Summary
This Summary is Generated by AI & Editorially reviewed.- सल्यानको छत्रेश्वोरी गाउँपालिका–५ मा याम बहादुर ओली राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति बनेर युवा नेताको रूपमा उदाएका छन्।
- उनले पुरानो राजनीतिक संस्कृतिलाई चुनौती दिँदै शिक्षा, स्वास्थ्य, सुशासन, एकता र समृद्धिसहितको नयाँ आशा र परिवर्तन ल्याउने लक्ष्य राखेका छन्।
सल्यानको छत्रेश्वोरी गाउँपालिका–५ का युवा नेता याम बहादुर ओली राजनीति क्षेत्रमा नयाँ ऊर्जा, निष्ठा र आशा लिएर उभिएका छन्। सक्षम, दूरदर्शी र सबै युवालाई समेट्न सक्ने ओली ल्याब टेक्निसियन हुन् तर वर्तमानमा "मेडिकल उपकरण मर्मत तथा एप्लिकेसन सपोर्टमा" कार्यरत छन्।
हाल उनी छत्रेश्वोरी गाउँपालिका–५ को राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति बनेका छन्। उनको पार्टी प्रवेशले पुराना राजनीतिक दलहरूमा मात्र चुनौती थपेको छैन, नयाँ सोच, युवा दृष्टि र पारदर्शिताको मार्ग पनि मजबुत बनाएको छ। ओलीका अनुसार पुरानो राजनीतिक संस्कृति जनताको विश्वासमा खट्किएको छ। “पद र शक्तिको दुरुपयोग, प्रतिशोधको राजनीति र भ्रम फैलाउने प्रवृत्तिले जनताको भरोसा तोडेको छ। म युवाको प्रतिनिधित्व गर्दै, आमाबुवा, दाजुभाइ–दिदीबहिनी सबैको साझा आवाज बनेर राजनीतिमा आएको छु,” उनले बताए।
ओलीको दृष्टि शिक्षा, स्वास्थ्य, उत्पादन, औद्योगिकरण र सुशासनतर्फ केन्द्रित छ। उनले स्पष्ट पारे, “विभाजन होइन एकता, भ्रम होइन सत्य, पुरानो सोच होइन नयाँ आशासहितको परिवर्तन मेरो लक्ष्य हो।” उनका योजनाले गाउँपालिका र क्षेत्रका सबै नागरिकलाई सकारात्मक परिवर्तन, भरोसा, एकता र समृद्धिको बाटोमा अघि बढाउने अपेक्षा गरिएको छ। ओलीको सक्रिय नेतृत्व, युवा दृष्टि र समाजसेवी पहिचानले उनलाई आगामी निर्वाचनमा मात्र नभई लामो समयसम्म जनताको भरोसायोग्य र प्रेरणादायी प्रतिनिधि बनाउने विश्वास गरिएको छ।


प्रोफाईल खबर