देउवासँग निरन्तर संवादमा छु : गगन थापा
प्रोफाईल खबर
१६ माघ २०८२, शुक्रवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको बताएका छन्। धनुषा–४ मा कांग्रेसका उम्मेदवार महेन्द्र यादवको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पार्टीभित्र कुनै रिसराग वा दोषारोपण नरहेको र कांग्रेस एक ढिक्का भएर निर्वाचनमा होमिएको दाबी गरे।
उनले नेतृत्व परिवर्तनपछि पनि पार्टीभित्र एकता कायम रहेको भन्दै “हामीबीच केही कुरामा मतभेद हुन्छ, तर अन्तिममा एक ढिक्का हुन्छौँ” भने। साथै, उनले भदौ २३ र २४ को जेनजी आन्दोलन देश चलाउने शैलीविरुद्ध भएको उल्लेख गर्दै त्यसपछि कांग्रेस सोच बदल्दै नयाँ रूपमा अघि बढेको बताए।
थापाले फागुन २१ को निर्वाचन आकस्मिक रूपमा आएको उल्लेख गर्दै अहिलेको ‘नयाँ कांग्रेस’ माघमा अधिवेशनबाट आएको नेतृत्व भएको बताए।


प्रोफाईल खबर