२१ माघ २०८२, बुधवार

कृषि विकास बैंक लिमिटेडबाट थानकोट प्रहरी वृत्तलाई सहयोग प्रदान

प्रोफाईल खबर १२ माघ २०८२, सोमवार

News Summary

This Summary is Generated by AI & Editorially reviewed.

  • कृषि विकास बैंकले गत भदौ २४ गतेको आन्दोलनमा आगलागीले क्षति भएको थानकोट प्रहरी वृत्तलाई कम्प्युटर तथा कार्यालयका सामान सहयोग गर्यो।
  • बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो सहयोगले प्रहरी सेवा प्रवाहलाई सहज बनाउनुका साथै प्रहरीको आत्मबल बढाउने विश्वास व्यक्त गरियो।

कृषि विकास बैंक लिमिटेडबाट थानकोट प्रहरी वृत्तलाई सहयोग प्रदान

कृषि विकास बैंक लिमिटेडले प्रहरी वृत्त थानकोटलाई सहयोग प्रदान गरेको छ । गत भदौ २४ गते भएको आन्दोलनका क्रममा प्रहरी वृत्तको भवन आगलागीबाट क्षति भई नष्ट भएको भवनको जिर्णोद्धार र सेवा प्रवाहलाई सहज, सुचारु र प्रभावकारी बनाउन बैंकले कम्प्युटर तथा कार्यालय सामानहरु सहयोग प्रदान गरेको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कृषि विकास बैंक लिमिटेडका उपमहाप्रबन्धक मिनराज पोखरलेले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेर यो सहयोग गरिएको र यो सहयोगले प्रहरी प्रशासनवाट जनतालाई प्रवाह हुने शान्ति सुरक्षा लगायतका सेवा प्रवाह कार्यमा सहयोग पुग्ने विश्वास बैंकले लिएको बताउनु भयो । यसै गरी प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बैंक तथा विभिन्न सामाजिक संस्था र सहयोगि हातहरुले सुरक्षा निकाय प्रति गर्नु भएको सहयोगले समग्र प्रहरीहरुको आत्मबल बढ्ने र प्रत्यक्ष नागरीकहरुलाई दिइने शान्ती सुरक्षा कायम गर्न टेवा पुग्ने बताउँदै विपतको घडीमा प्रहरी वृत्तलाई सहयोग गर्ने सबै संस्था तथा निकायलाई हार्दिक आभार व्यक्त गर्नु भयो ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट उपमहाप्रबन्धकद्धय मिनराज पोखरेल र सुशिल हुमागाई, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल,वरिष्ठ शाखा अधिकृत गीता नेपाल शर्मा, बागमती प्रदेश कार्यालय  काठमाडौका वरिष्ठ शाखा प्रमुख अनिल कुमार पोखरेल, शाखा अधिकृत हरिराज थपलिया तथा बैंकको थानकोट शाखाका प्रबन्धक दील बहादु श्रेष्ठको उपस्थिति रहेको थियो भने थानकोट प्रहरी वृत्तको तर्फबाट बृत्त  प्रमुख  प्रहरी नायब उपरीक्षक एलिजा गिरी,प्रहरी वरिष्ठ नायब निरीक्षकद्वय अमृत भँडेल र ओमकार चन्द  एवम्  प्रहरी निरीक्षक  दिपेन्द्र थापा लगायतका प्रहरी कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट