२१ माघ २०८२, बुधवार

पेटमा यदि वायु (ग्यास) को समस्या भयो भने निम्न उपाय अपनाउनाले तुरुन्त लाभ हुन्छ:

प्रोफाईल खबर १० माघ २०८२, शनिवार

 

आजभोलिको अनियमित खान-पान र अप्राकृतिक आहार-विहारका कारणले धेरै जसो मानिसमा पेटको समस्या रहन्छ। पेटमा विकार वायु अवरुद्ध हुनाले भयङ्कर पिडा र छटपटी हुन्छ। यदि यसको समाधान समयमै गरिएन भने गम्भीर समस्या उत्पन्न हुन सक्छ र शरीरको क्षति पनि हुन सक्छ। यदि यस्तो समस्या कसैलाई कहिल्यै भयो भने यसको निवारण पनि घरमै सहजै हुन सक्छ। यहाँ केहि सजिलो उपायको बारेमा चर्चा गरिन्छ-

* आधा चम्मच सुठोको चूर्ण, एक चिम्टी हिङ र एक चिम्टी सिधेनुन तातो पानीमा मिलाएर सेवन गरौँ तुरुन्त आराम हुनेछ। केहि दिन सम्म यहि विधि अपनाउनाले वायुको समस्या जरै देखि खतम हुन्छ।

* एक चम्मच महमा ३-४ वटा ल्वाङ पिसेर मिलाउने र चाट्ने गर्दा पेटमा अवरुद्ध वायु तुरुन्त निस्कन्छ र राहत हुन्छ। साथै पेटमा अन्य समस्या - कब्ज, एसिडिटी आदि बाट पनि छुटकारा पाइनेछ।

* आधा चम्मच खाने सोडा र एक चम्म्च कागतीको रस आधा गिलास पानीमा मिलाएर सेवन गर्नाले पनि पेटको वायु तुरुन्त निस्कन्छ र आराम हुन्छ। किनकि सोडा र कागतीले एंटासिड झैं काम गर्दछ।

* १०० ग्राम ज्वानो हल्का तताएर पिस्ने र त्यसमा २५ ग्राम बिरेनुन मिलाएर राख्ने, बिहान-बेलुकी खाली पेटमा एक एक चम्चा मनतातो पानी सङ्ग सेवन गर्दा पनि वायुविकार ठिक हुन्छ।

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट