४ वैशाख २०८३, शुक्रवार

‘मेरो मनको राजा’ रिलिज: पुस्कर धनुकेको दमदार अभिनयले सबैको ध्यान तान्यो

प्रोफाईल खबर ४ वैशाख २०८३, शुक्रवार

News Summary

This Summary is Generated by AI & Editorially reviewed.

  • नव वर्ष २०८३ को अवसरमा प्रमोद खरेल र अन्जु पन्तको स्वरमा "मेरो मनको राजा" बोलको नयाँ प्रेमिल गीत सार्वजनिक भएको छ।
  • शंकर अधिकारीको शब्द र प्रमोद डिजीको संगीत रहेको यो गीत प्रेम, भावना र समर्पणको कथामा आधारित छ।
  • दोलखाका रमणीय दृश्यमा पुस्कर धनुके र स्मारिका ढकालको अभिनय रहेको यस गीतको भिडियोले दर्शकको ध्यान खिचेको छ।

काठमाडौं । नव वर्ष २०८३ को शुभ अवसर पारेर नेपाली सांगीतिक क्षेत्रमा नयाँ, सशक्त र मन छुने प्रस्तुति “मेरो मनको राजा” सार्वजनिक गरिएको छ, जसले सार्वजनिक भएसँगै दर्शक–श्रोताको विशेष ध्यान आकर्षित गर्न थालेको छ।

सुगम संगीतका चर्चित तथा लोकप्रिय स्वरका धनी प्रमोद खरेल र सुमधुर आवाजकी धनी अन्जु पन्तको युगल स्वरले सजिएको यो गीत भावनात्मक गहिराइ र मधुरतालाई एकैसाथ बोकेको छ। शब्दकार शंकर अधिकारी (घायल)को मार्मिक शब्द संयोजन र प्रमोद डिजीको कर्णप्रिय संगीतले गीतलाई अझ जीवन्त बनाएको छ भने बुद्ध स्याङ्बाको उत्कृष्ट एरेञ्जले आधुनिकपन थप्दै गीतलाई सुन्नेहरूका लागि अझ विशेष बनाएको छ।

प्राविधिक रूपमा समेत अब्बल बनेको यस गीतमा प्रकाश केसीको उत्कृष्ट मिक्सिङ तथा मास्टरिङ रहेको छ, जसले सम्पूर्ण ध्वनि गुणस्तरलाई उच्च स्तरमा पुर्‍याएको छ।भिडियो पक्ष पनि उत्तिकै आकर्षक र प्रभावशाली बनेको छ। निर्देशक शेर साउदको कुशल निर्देशनमा तयार पारिएको भिडियोमा राजेश घिमिरेको उत्कृष्ट छायांकन र दिपक बिष्टको सशक्त सम्पादनले दृश्यलाई जीवन्त बनाएको छ।
भिडियोमा कलाकार पुस्कर धनुके (सनराइज) र स्मारिका ढकालको दमदार तथा स्वाभाविक अभिनय देख्न सकिन्छ, जसले प्रेमिल जोडीको रोमान्टिक कथालाई अझ प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। विशेषगरी दोलखाको सैलुङ क्षेत्रका रमणीय, मनमोहक र प्राकृतिक सौन्दर्यले भरिएका दृश्यहरूले भिडियोको सौन्दर्यलाई थप उचाइमा पुर्‍याएको छ। 
भिडियोमा कलाकार पुस्कर धनुके (सनराइज)ले आफ्नो आकर्षक व्यक्तित्व र प्रभावशाली अभिनयमार्फत दर्शकको ध्यान केन्द्रित गर्न सफल भएका छन्। उनले प्रस्तुत गरेको स्वाभाविक अभिव्यक्ति, भावनात्मक गहिराइ र पात्रअनुसारको जीवन्त अभिनयले गीतको कथालाई अझ मजबुत बनाएको छ।

विशेषगरी रोमान्टिक दृश्यहरूमा उनको सहज अभिनय, आत्मविश्वासपूर्ण प्रस्तुति र स्क्रीन प्रेजेन्सले दर्शकलाई बाँधेर राख्ने क्षमता देखाएको छ। पुस्कर धनुके (सनराइज)ले यस भिडियोमार्फत आफूलाई एक सम्भावनायुक्त र उदाउँदै गरेको प्रतिभाशाली कलाकारका रूपमा स्थापित गर्ने संकेत दिएका छन्।

प्रेम, भावना र समर्पणको कथा बोकेको “मेरो मनको राजा” गीतले दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। उक्त गीत ओ.एस.आर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो र सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट