१५ चैत २०८२, आइतवार

मेयरबाट प्रधानमन्त्रीसम्म : को हुन् बालेन्द्र शाह ?

प्रोफाईल खबर १३ चैत २०८२, शुक्रवार

News Summary

This Summary is Generated by AI & Editorially reviewed.

  • काठमाडौं महानगरपालिकाका पूर्वमेयर शाह हालै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने तयारीमा छन्।
  • उनी इन्जिनियर, भूकम्पपछिको पुनर्निर्माण तथा कोभिड-१९ महामारीमा सक्रिय सामाजिक कार्यकर्ताका साथै एक प्रसिद्ध र्‍याप गायक पनि हुन्।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर शाह फागुन २१ गते भएको प्रतिनीधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट भारी मतले विजयी भएका हुन्। प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुभन्दा केही दिनअघि मेयरबाट राजीनामा दिएका उनी रास्वपामा वरिष्ठ नेताको पदसहित प्रवेश गरेका हुन्। रास्वपा शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर निर्वाचनमा गएको थियो। रास्वपाले पूर्वघोषणाअनुरुप शाहलाई प्रधानमन्त्री बनाउन संसदीय दलको नेता चयन गरेको छ। शाहले शुक्रबार कार्यकारी प्रधानमन्त्री पदको शपथसँगै मुलुकको बागडोर सम्हाल्ने छन्।

शाहको जन्म १४ वैशाख २०४७ मा काठमाडौंको नरदेवीमा भएको हो। उनी हाल गैरिगाउँ, तिनकुनेका बासिन्दा हुन्। आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र धुव्रादेवी साह उनका मातापिता हुन्। उनको पुख्र्यौली थलो मधेस प्रदेशको महोत्तरी जिल्ला हो।

काठमाडौं नरदेवीस्थित जल्जला स्कुलबाट प्रारम्भिक शिक्षा लिएका उनले उच्च माध्यमिक तहको शिक्षा भिएस निकेतनबाट पास गरेका हुन्। उनले स्नातक तहको अध्ययन काठमाडौंमै रहेको हिमालयन ह्वाइट हाउस कलेजबाट पूरा गरेका हुन्। त्यहाँ उनले सिभिल इन्जिनियरिङ अध्ययन गरेका थिए। उनले स्नातकोत्तर तहको अध्ययन भारतमा गरेका हुन्। भारतको कर्नाटकबाट स्ट्रकचरल इन्जिनिरिरिङ अध्ययन पूरा गरेका शाहलाई निर्माणसम्बन्धी कार्यको अनुभव पनि छ।

२०७२ सालको भूकम्पपछि देशका विभिन्न स्थानमा पुगेर उनी पुनःनिर्माणको काममा संलग्न भएका थिए। भूकम्प र कोभिड महामारीका बेला विभिन्न तरिकाले सामाजिक र पेसागत कार्यमा सक्रिय रहेका उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट निर्वाचित भए। बालेन कन्सल्टिङ र कन्स्ट्रक्सन प्रालिका सञ्चालकसमेत भएर काम गरेका उनी ¥याप ब्याटल गायक पनि हुन्।  

उनी नेपाली ¥याप ब्याटल दोस्रो लिगका विजेता पनि हुन्। उनी लामो समयदेखि संगीतको यो विधामा संलग्न छन्। ¥याप गायक उनका देश विदेशमा थुप्रै प्रशंसक छन्। सानैदेखिे संगीत र कवितामा पनि रुचि राख्ने उनले आफ्नो पहिलो गीत ‘सडक बालक’ सन् २०१२ मा गाएका थिए। यो गीत उनले कक्षा ९ मा पढ्दा लेखेको बताइन्छ।

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट