स्वस्थ रहनका लागि आहार-विहारको नियम:

१८ पुष २०८१
गव्यसिद्ध प्रेम आर्य
गव्यसिद्ध प्रेम आर्य


भोजन मंत्र:

ૐ अन्नपते अन्नस्य नो देह्यनमीवस्य शुष्मिण:।
प्र प्र दातारं तारिष ऊर्जं नो धेहि द्विपदे चतुष्पदे।।
(यजुर्वेद:११/८३)

Advertisement:

{शब्दार्थ: हे {अन्नपते} अन्नका पति भगवन् ! {नः} हामीलाई {अनमीवस्य} कीट आदि रहित {शुष्मिणः} बलकारक {अन्नस्य} अन्नको भण्डार {देहि} दिनुहोस् {प्रदातारं} अन्नको निक्कै दान दिनेहरुलाई {प्रतारिष} दुःख देखि पार लगाउनुहोस् {नः} हाम्रा {द्विपदे चतुष्पदे} दुईपाय (मनुष्य लगायत) चौपायहरुलाई {ऊर्जं} बल {धेहि} दिनुहोस्|}

भोजन सम्बन्धि केहि उपयोगी सूत्र:

ईश्वरको ध्यान गरेर मात्र भोजन ग्रहण गर्नु तथा भोजनको समयमा प्रसन्नचित्त रहनु।
आमाशयको तीन भागमा १/३ ठोस आहार, १/३ तरल र १/३ हावाको लागि खाली राख्नु।
भोजनको समय बीच-बीचमा, तुरुन्तपछी र अघि पानी नखाने।
भोजनको डेढ दुई घण्टा पछी मात्र पानी खाने।
पानी खाँदा सुखासनमा बसेर एक-एक घुट्की लिएर मुखमा खेलाई-खेलाई खाने।
नियत समयमा नियत मात्रामा मात्र भोजन गर्नु।
भोजनको मात्रा आफ्नो शक्ति अनुकूल नै लिनु पर्छ।
जुन भोजनलाई देख्नाले घृणा र अरूचि होस् त्यस्तो भोजन खानु हुँदैन।
बासी भोजनबाट आलस्य र स्मरण शक्तिमा कमी आउँछ।
शरीरको ताप भन्दा अलिकति बढी तातो भोजन लाभकारी हुन्छ, छिटो पच्छ, वायु निकाल्छ, जठराग्नि प्रदीप्त गर्छ र कफ शुद्ध गर्छ।
जलेको भोजन सार हीन हुन्छ। काँचो भोजनले पेटमा दर्द तथा अजीर्ण उत्पन्न गर्छ।
भिन्न मौसम या समयमा भोजनमा परिवर्तन गर्नु पनि आवश्यक छ।
अधिक तातो या अधिक चिसो भोजन दाँत र आँतको लागि हानिकारक हुन्छ।
भोजनमा केहि चिल्लो पनि आवश्यक हुन्छ।
भोजनमा ६ घन्टाको अन्तर उत्तम हुन्छ। ३/४ घण्टा भन्दा कम हुनु हुँदैन। अर्थात्, बीच-बिचमा कचर-पचर खाइरहनु हानिकारक छ।
भोजनलाई कमसेकम ३०/४० पटक खुब राम्रोसंग चपाएर मात्र निल्नु पर्छ। हतार संग कहिल्यै खानु हुन्न।
भोजन गर्दा हाँस्ने, कुरा गर्ने, टिभी हेर्ने, रेडियो सुन्ने, मोबाइल चलाउने आदि बानि छोडौं (नत्र स्वास नालीमा अवरोध आउन सक्छ) र भोजनमा ध्यान केन्द्रित गरौँ।
भोजनमा ८०% क्षार, २०% अम्ल तथा विटामिन र खनिज युक्त भरपुर पौष्टिक हुनु पर्छ। तरकारी र फलको मात्रा चामल, आलू,दाल भन्दा तीन गुना हुनु पर्छ।
घीउ तथा तेलमा भुटेका र तारेका वस्तुहरु खानु हुँदैन। कटहर, घुइया (पिडालु), उर्दको दाल, राजमास आदि जस्ता पच्नमा भारी वस्तुहरु कम मात्रामा खानु पर्छ तर साँझमा(सूर्यास्त पछी) कदापि खानु हुन्न।(४० वर्ष उमेर पुगेपछी कुनै पनि प्रोटिन युक्त खाद्य कम गर्नु पर्दछ। सप्ताहमा एक पटक एक मुठी मात्र)
प्रातः चिया, कफी जस्ता मादक पेयको सट्टा तुलसी पकाएर कागती निचोरेर खानु राम्रो हुन्छ।
अलिकति अरु खाउँ-खाउँ भन्ने स्थितिमा नै उठ्नु पर्छ।
दिउँसोको भोजन गरे पछी दस मि. जति बज्रासनमा बसेर ४८ मि. बायाँ कोल्टे परेर विश्राम गर्नु पर्छ। दिनमा सुत्नु हुन्न अन्यथा हानि होला। साँझको भोजन पछी १० मि. बज्रासन बस्ने अनि कम से कम ५०० देखि १००० कदम टहल्नु पर्छ।
साँझको भोजन सुत्नु भन्दा तीन या कम से कम दुई घण्टा अघि नै गर्नु उचित हुन्छ। खाना साथ् सुत्ने बानीले पाचन प्रणालीमा हानि पुग्छ र नींद पनि सुखमय हुन्न।
भोजनमा एक साथ अधिक परिकार हुनु पनि हानिकारक छ। यसबाट अधिक भोजन गर्ने सम्भावना बढ्छ।
झोल युक्त तरकारी या दाल भोजनमा ठीक हुन्छ। सुख्खा भोजनले कलेजोमा दाह र रक्त मिश्रणमा बाधा पुग्छ।
सामान्य व्यक्तिलाई अधिक चिल्लो पनि हानिकारक छ। केवल विशेष श्रमशील या व्यायाम गर्नेहरुको लागि मात्र चिल्लो ठीक हुन्छ।
खाना आधा, पानी दुई गुणा, कसरत तीन गुणा र हाँसो चौगुणा गर्नाले मात्र भोजन राम्रो संग पच्छ। भोजन पचे पछी मात्र पोषण प्राप्त हुन्छ।
जय प्रकृति..!

प्रतिक्रिया दिनुहोस्: