पसलमा पाइने गाइको घिउँ र वनस्पति घिउँको सत्यता

२३ पुष २०८१
गव्यसिद्ध प्रेम आर्य
गव्यसिद्ध प्रेम आर्य

प्रति किलो रू.५० को लागतमा भारतका विभिन्न स्थानमा पशुको बोसो र केही अन्य रसायन मिलाएर बन्छ “देसी घी”..!
जुन नेपालको बजारमा पनि अनेकौं कम्पनी
ले आ-आफ्नो छाप र नाम राखेर शुद्ध “गाईको घिउँ” भनेर बेच्ने गरेका छन्।

पशुको बोसो बाट मुख्यतः ३ वस्तु बनाइन्छ-
(१) इनामेल पेन्ट,
(२) कुनै वस्तु चिप्काउने ग्लू (फेविकोल) इत्यादि र
(३) सबभन्दा महत्वपूर्ण वस्तु बन्छ घिउँ (“देशी घी”)
हजुर, तथाकथित “शुध्द देशी घी”
यहि घिउँ थोक मूल्य (१५०-२०० रुपैयाँ) मा ल्याएर नेपालमा पनि साना साना डिब्बामा भरेर (५००-१२०० रुपैयाँ सम्म प्रति किलो) बेच्ने गरिन्छ।
यसलाई बोलचालको भाषामा “हवन गर्ने घिउँ” या “पूजा वाला घिउँ” भनिन्छ…!

Advertisement:

यो भारतमा १५ किलोको टिनको डिब्बा पनि पाइन्छ। ईश्वर भक्तहरु धर्म कमाउन यहि घिउँ मन्दिरहरुमा दान दिएर अद्भूत पुण्य कमाइ रहेछन..!

नेपालमा पनि हरेक पूजा पसल र किराना पसलमा पाइने घिउँ यहि हो..!
रासायनिक रङ र सुगन्ध हालेर एकदम असली जस्तै देखिने बनाइएको हुन्छ। यसलाई कुनै अनुभवी व्यक्तिले मात्र छुट्याउन सक्ला, अरुले सक्दैनन् ।

वनस्पति घिउँ बनाउने सबै कम्पनीले पनि यहि वस्तु मिलाएर वनस्पति घिउँ बनाउने गर्छन् । जुन हामीले हाम्रा धार्मिक तथा सामाजिक चाडपर्व र कर्मकाण्ड आदिमा तथा होटलमा रोटि, परौठा, पुरि, लड्डू, हलुवा, मिठाइ आदि बनाउने गर्छौ र मजाले हात चाटी चाटी खान्छौं।
आफूलाई शुद्ध शाकाहारी सम्झने र व्रत गरेर धर्म कमाउनेहरुले त झन् यो एकदम पवित्र मानेर खान्छन् ।

अब हामी एकपटक गम्भीर भएर सोच्न सक्छौ कि बजारमा पाइने गाईको घिउँ र वनस्पति घिउँ आदि खाने गरेका छौँ भने यो के बाट बनेको होला, यसमा के के मिलाइएको होला..!

यदि शुध्द घिउँ खाएर पोषण प्राप्त गर्ने हो र पवित्र यज्ञ आदि हवन कार्य गरेर पूण्य कमाउने हो भने त आफ्नै घरमा गौपालन सुरु गरौं या जसले पालेको छ, त्यसलाई सहयोग र समर्थन गरौं तब मात्र शुद्धता प्राप्त होला, पौष्टिकता प्राप्त होला र यज्ञ आदि हवन कार्य सात्विक बनेर पूण्यको भागिदार बन्न सकिएला।
तपाईंको जो इच्छा….. !!

गौमाता बाट निरोगी र विषमुक्त नेपालको परिकल्पना
जय गौमाता…!
जय प्रकृति…!

प्रतिक्रिया दिनुहोस्: