मृगौला खराब भएमा आउने लक्षण र समाधानका घरेलु उपायहरु

८ पुष २०८१
गव्यसिद्ध प्रेम आर्य
गव्यसिद्ध प्रेम आर्य

मृगौला शरीरको एक यस्तो अङ्ग हो, जसले शरीर बाट विषाक्त पदार्थहरुलाई छानेर पिशाबको रूपमा बाहिर निकाल्न मद्दत गर्दछ, हाम्रो शरीरमा रगत सफा गर्नु, रक्तचाप नियन्त्रण गर्नु, हार्मोन बनाउनु, खनिजको अवशोषण, पिशाब बाउनु, विषाक्त पदार्थहरु निकाल्नु र अम्लको संतुलन बनाउनु जस्ता सारा जरूरी काम मृगौलाले गर्दछ। तर अन्जानमै हाम्रा केहि बानिबेहोराले मृगौलालाई नोक्सान पुग्न सक्छ। मृगौलाको समस्या स्क्रीनिंग द्धारा उच्‍च जोखिम भए पछी मात्र थाहा लाग्छ। त्यसैले सबैले आ-आफ्नो मृगौलालाई स्वस्थ राख्ने प्रण गरौँ। रगतलाई सफा गर्ने मृगौला सामान्य रुपमा हाम्रो लापरवाही कै कारणले खराब हुन्छ।

मृगौला हाम्रो शरीरको बीच भाग कम्मरमा हुन्छ। यो अङ्ग हाम्रो मुट्ठीको बराबर सिमिको गेडा आकारको हुन्छ। हाम्रो शरीरमा दुई वटा मृगौला हुन्छन्। यदि एउटा मृगौला काम नलाग्ने गरि सम्पूर्ण रुपले खराब भयो भने पनि शरीर ठीक संग चल्न सक्छ। हृदय द्वारा पठाइएको रक्तको २० प्रतिशत भाग मृगौलामा जान्छ, जहाँ यो रक्त सफा भएर पुनः शरीरमा जान्छ। यसरि मृगौलाले हाम्रो रक्तलाई सफा गर्दछ र सम्पूर्ण विषाक्त पदार्थहरु (टक्सिन्स) लाई पिशाबको रुपमा शरीर बाट बाहिर निकाल्छ।

Advertisement:

मृगौला खराब हुने प्रमुख कारण:

-अप्राकृतिक जीवनशैली
-शरीरलाई चाहिने मात्रा भन्दा कम पानी खानु
-शरीरलाई चाहिने मात्रा भन्दा अधिक पानी खानु
-समुद्री या आयोडिन नुन अधिक सेवन गर्नु
-अधिकमात्रामा प्रोटिन खानु
-मांसाहार (जटिल प्रोटिन सेवन) गर्नु
-शरीरमा अधिक मात्रामा क्याफिन जम्मा हुनु (चिया, कफी तथा चिसो पेय अधिक खानु)
-धुम्रपान, मद्यपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्नु
-पिशाब लागेको समय मै पिशाब नगरेर पिशाब रोकेर राख्नु
-दर्दनाशक औषधि (पेनकिलर), रक्तचापको औषधि तथा मधुमेहको औषधि(इन्सुलिन) लामो समय सम्म सेवन गर्नु
-अनियन्त्रित रक्तचाप
-रगतमा चिनी (सुगर)को मात्रा बढ्नु
-राति अबेरसम्म जागा बस्नु (अनिद्रा)
-धेरै भोको बस्नु

सामान्यतः मृगौलाको रोगको बारेमा सुरुको अवस्थामा थाहा हुँदैन।जब यो अन्तिम अवस्थामा पुग्छ, अनि मात्र थाहा हुन्छ। त्यसैले यसलाई मूक हत्यारा (साइलेन्ट किलर) पनि भनिन्छ। मृगौला रोगको प्रथम अवस्थालाई जान्नको लागि यसका केहि लक्षणहरुको बारेमा ध्यान दिनु अति आवश्यक हुन्छ। मृगौला खराब भएको अन्य लक्षणहरु भने ८०% खराब भइसके पछी मात्र देखिन्छन्।

मृगौला खराब भएमा सामान्य लक्षणहरु यस्ता देखिन्छन्:

-पिशाब गर्ने समय र मात्रामा परिवर्न आउनु
– मृगौलाको समस्या भएमा सुरुको अवस्थामा पिशाबको मात्रा या त बढ्छ, या कम हुन्छ साथै समयमा परिवर्तन हुन्छ अर्थात् छिन्-छिनमा पिशाब लाग्नु अथवा पिशाब लागेको जस्तो हुनु तर पिशाब नआउनु
-पिशाबको रङ बदलिनु या पिशाब गाढा हुनु
-पिशाब गर्दा मुत्र मार्गमा दर्द, जलन अथवा दवाफ महसूस हुनु, कहिले काहीं ज्वरो र पिठमा दर्द पनि हुन्छ,
-पिशाब गर्दा रगत र फिज जस्तो पदार्थ आउनु
-मृगौलामा सूजन हुनु: मृगौलाको प्रधान कार्य शरीर बाट विषाक्त पदार्थहरुलाई बाहिर निकाल्नु हो तर जब यो कार्य बाधित हुन थाल्छ तब शरीरमा अतिरिक्त बिष जम्न थाल्छ, जसले गर्दा मृगौलालाई अतिरिक्त दवाफ पर्न जान्छ र मृगौलामा सूजन आउँछ
-मृगौला खराब भयो भने शरीर बाट अतिरिक्त पानी, नुन, युरिया आदि निस्कन नसक्दा खुट्टा, चुरीगाँठो (ankle), हात र अनुहारमा सूजन आउँछ, यस्तो अवस्थालाई एडिमा (edema) भनिन्छ ।
-थकान तथा कमजोरी आउनु: मृगौला बाट एरिथ्रोपीटिन (erythropoietin) नामक प्रोटीन निस्कन्छ जसले राता रक्तकोशिकाहरुका लागि प्राणवायु (अक्सिजन) ल्याउन सहायता गर्दछ। जब यो कार्यमा बाधा उत्पन्न हुन्छ, तब यो हार्मोनको स्तर खस्छ, जसको कारणले एनीमीया रोग हुन्छ जुन शरीरमा कमजोरी र थकानको कारण बन्छ ।
-झट्ट रिसाउने (पिन्चे स्वभाव) तथा एकाग्रतामा कमी: मृगौलामा खराबीका कारण मस्तिष्कमा प्राणवायु (अक्सिजन) को कमी हुन्छ जसको कारणले व्यक्तिमा झनक्क रिसाउने बानि र एकाग्रतामा कमी आउँछ ।
-सधैं जाडो महसूस हुनु: मृगौलाको खराबीका कारणले जुन एनिमियाको रोग हुन्छ, त्यसले गर्दा गर्मि परिवेशमा पनि जाडो महसूस हुन्छ ।
-छाला रेशादार हुने र चिलाउने: त्यसो त यो लक्षण अन्य कैयौं किसिमका समस्याको कारणले पनि हुन्छ, तर मृगौला खराब हुँदा शरीरमा विषाक्त पदार्थहरु जम्मा हुनाले शरीरको छालामा धर्सा निस्कने र चिलाउने हुन्छ ।

घरेलु उपचार:

(मृगौला धुने विधि)
मानव शरीरमा रस र रक्तको सुद्धिकरण गर्ने सब भन्दा बिशाल सम्यन्त्र मृगौला हो। यसमा लगभग १२ लाख साफीहरु (फिल्टर) यो छान्ने प्रक्रियामा सम्लग्न हुन्छन्। यी कुनै पनि समयमा नबिसाइ लगातार खटि रहन्छन। यो संयन्त्र हामीले आफ्नो अज्ञानताको कारणले खाएको अप्राकृतिक खाना बाट जम्मा भएका विजातीय तत्व हरुले र हाम्रो अप्राकृतिक जीवन शैलीले गर्दा कहिले काहीं खराब हुन्छ। यो खराब भयो भने हाम्रो निक्कै ठुलो धन-राशि खर्च हुन्छ र राम्रोसंग ठिक पनि हुन्न अनि जीवन भरि पीडा बोकेर जिउन विवश हुनु पर्ने हुन्छ र असमय मै कालको अँगालोमा पर्न पनि सकिन्छ।

यदि हामीले अलिकति बुद्धि पुर्याउने हो भने यसको हरेक समस्या बाट मुक्त हुन सक्छौं। यसका लागि मकैको चमर, मकैको जुँगा को काढा बनाएर खालिपेट पिउने गर्ने हो भने मृगौलाको सबै समस्याहरुको समाधान हुन्छ। यसले मृगौला भित्र जमेर बसेका सबै विजातीय तत्वहरु घोलेर पिसाब बाट बाहिर निकाल्छ। मृगौलामा जमेर बसेको फोहर धुने शक्ति यसमा विद्यमान छ। यो मकैको चमर लामो समय सम्म पनि राख्न सकिन्छ थोरै ढुसी लागेको जस्तो देखिएला तर यसको औषधीय गुण मा कुनै फरक पर्दैन। केहि बेर घाम मा सुकाएर धुलो झारेर पकाउँदा हुन्छ।

काढा बनाउने तरिका:-
१) १० तोला (करिब १०० ग्राम जति सुकेको चमर वा काचो २५ तोला (२५० ग्राम लिने)
२) एउटा भाँडोमा त्यति पानि राखौं जातिले चमर छोपियोस् (भाँडो सकभर अलमुनियमको नहोस्)
३) मन्द आगोमा ५/१० मीनेट जति पकाउने र आगो बाट बाहिर निकाल्ने।
४) सेलायो भने अर्को भाँडो मा छानेर राखौं, त्यो छोक्रालाइ पुनः त्यहि प्रक्रिया बाट ३ पटक सम्म पकाउने रङ आउन छाड्यो भने पकाउन पनि छोडौं।
५) त्यो सबै रस एउटा भाडोमा मिसाउने र केहिबेर छोड्ने अनि बिस्तारै अर्को भाडोमा नितारने र केहि बचेको गदरा फाल्दिने।
६ ) यसलाई अब दिनका ३/४ पटक [३ दिन सम्म] खालि पेटमा खाने [खानाको २ घण्टा पछी पेट खालि हुन्छ र औषधि खाएको १ घण्टा पछी सम्म केहि नखाने]

यसका सामान्य असर: –

१) पेट सामान्य दुखेको महसुस हुन सक्छ।
२) वाकवाकी लाग्न सक्छ।
३) महिलाको महिनावारी मा केहि बढ्ता रक्त-श्राब हुन सक्छ, तर डराउनु पर्ने अवस्थाको चै हुन्न १/२ प्रतिशतलाई मात्र हुन सक्छ तर कुनै डर हुन्न केहि समयमा सब सामान्य हुन्छ।

यस बाट हुने फाइदा हरु :-

१) मृगौलाको पथ्थरी गलेर निस्कन्छ।
२) अनुहार र शरीरको छालामा एक किसिमको चमक आउँछ।
३) आँखाको तल्लो भागमा आएको कालो घेरा हराउँछ।
४) शरीरको ताकत बढ्छ।
५) लाल-रक्त कणको स्तरमा वृद्धि हुन्छ।
६) अनिन्द्रा या अल्पनिद्राको समस्या समाधान हुन्छ।
७) क्याल्सियमको मात्रा बढेर अस्थि-सोथको समस्यामा सुधार हुन्छ।
८) मृगौला, शरीर र रगतको पुरानो विजातीय तत्व सम्पूर्ण रुपले घुलेर बाहिर निस्कन्छ।
९) शरीर र ढाड दुख्ने समस्या तत्काल समाधान हुन्छ।
१०) बिना कुनै औषधि उच्च तथा निम्न रक्त-चाप नियन्त्रण हुन्छ।

मृगौलाका रोगीले अपनाउन सक्ने अन्य केहि उपाय:

केहि दिन सम्म गाजर, काँक्रो, बन्दागोभी तथा लौकाको रस सेवन गर्नु पर्दछ साथै उपवास पनि बस्नु पर्दछ। तरबूजा तथा आलूको रस पनि मृगौलाको रोगलाई ठीक गर्नको लागि उपयुक्त हुन्छ त्यसैले पिडित व्यक्तिले विहान-बेलुका यसको रस सेवन गर्नु पर्दछ। मृगौलाको रोगीले आफ्नो भोजनमा नियमित विटामिन ‘सी’ पाइने पदार्थहरुको अधिक सेवन गर्नु पर्दछ, जस्तै- अमला, कागती। रोगी व्यक्तिले फलाहार पनि अधिक मात्रामा गर्नु पर्दछ ताकि उसका मृगौला सदा स्वस्थ रहन सकुन। मृगौलाका रोग बाट पिडित व्यक्तिले प्रोटीन कम खानु पर्दछ र खाए पनि सप्ताहमा एक पटक एकमुठी मात्र त्यो पनि दिनमा खानु पर्दछ, रातमा कदापि नखानु ।

मृगौलाको रोगी व्यक्तिले राति सुत्ने बेलामा केहि मुनक्का पानीमा भिजाएर राख्ने र विहान उठ्ने बित्तिकै उक्त पानी सेवन गर्नु पर्दछ। केहि दिन लगातार यसो गर्दा मृगौलाको रोग छिटो निको हुन्छ। समुद्री नुन खान तत्काल बन्द गरेर सिधेनुन सेवन गर्न सुरु गर्नु पर्दछ, त्यो पनि अत्यन्त कम।
मृगौलाको रोग बाट बच्नको लागि दिनमा लगातार एक/एक घण्टाको फरकमा एक/एक गिलास पानी खानु पर्दछ। आफ्नो शरीरको वजनलाई २० ले भाग गर्दा जति अङ्क आउँछ, त्यति लिटर पानी दिनमा अवश्य खानु पर्दछ।
पानीमा कागतीको रस निचोडेर सेवन गर्दा मृगौला साफ हुन्छन्।
अस्तु…
निरोगी जीवन नै सुखी जीवन हो..!
स्वस्थ रहौं, सुखी रहौं …..!

प्रतिक्रिया दिनुहोस्: