रोगको मूल कारण विरुद्ध आहार…!
१- दुध र कटहर कदापी एक साथ सेवन गर्नु हुँदैन।
२- दुध र गहत पनि एक साथ सेवन गर्नु हुँदैन।
३- दुधका साथ सबै प्रकारका अमिला तथा नुनिला पदार्थ, बदाम, करेलो, मुला, लसुन, प्याज, माछा, मासु अण्डा कदापि सेवन गर्नु हुँदैन।
४- दुध दिनमा (सूर्योदय देखि सूर्यास्त सम्म) सेवन गर्नु हुँदैन। बालक (जसको दुध मुख्य आहार हो) लाई यो नियम लागु हुँदैन।
५- दही नुनिलो पदार्थका साथ सेवन गर्नु हुँदैन, रात्रिमा दही कदापि नखानु, तताएर दही नखानु, पानी मिलाएर पनि दहि खानु हुँदैन, वशन्त ऋतु, ग्रीष्म एवं शरद ऋतुमा पनि दहीको सेवन गर्नु हुँदैन, दहीमा सख्खर, गुड या मिश्री मिलाएर खाने हो भने गुणमा वृद्धि हुन्छ, प्रतिदिन दहि सेवन नगर्नु, यदि प्रतिदिन दही खानु छ भने मूंगको दाल, मह, घिउ,मिश्री एवं अमलाका साथ मात्र दहि खान सकिन्छ, राम्रो संग नजमेको दही पनि खानु हुँदैन, अन्यथा उच्च रक्तचाप, ज्वरो , रक्तपित्त, विसर्प, अनेकौं चर्म रोग एवं पाण्डु जस्ता रोग उतपन्न हुन सक्छन्।
६- करेलो र मुला एकसाथ खानु हुँदैन। खानु नै छ भने कम्तिमा २४ घण्टाको फरक पारेर खानु पर्दछ। मुला रातिमा खानु हुँदैन, बिहान खालि पेटमा काँचो मुला सेवन गर्नु लाभदायक हुन्छ।
७- मह र घीउ समान परिणाम(तौल) मा मिलाएर नखानु, मह तताएर नखानु या अधिक तातो वस्तुमा मिलाएर नखानु यदि खाइयो भने विष समान हुन्छ।
८- जौको पिठोमा कुनै अन्य अन्न या दलहनको पिठो मिलाएर मात्र सेवन गर्नु पर्दछ अन्यथा खानु हुँदैन।
९- रात्रिको समयमा सातुको प्रयोग वर्जित छ, पानी नमिलाएर पनि सातु नखानु।
१०- बाहिर हिंडेर आउनासाथ या व्यायाम तथा कुनै शारीरिक परिश्रम गरेको तत्काल पछी पानी खानु हुँदैन, १०-१५ मिनेट बिसाएर मात्र खानु पर्दछ र भोजनको तत्काल पहिले, भोजनको बिचमा र तुरुन्त पछी पनि पानी खानु हुँदैन। भोजनको ४८ मिनेट अघि र भोजनको ९० मिनेट पछी मात्र पानी खानु उत्तम हो।पानी जहिले पनि बसेर एक-एक घुट्की लिएर खानु।
११- बिहान भोजन पश्चात तेज गतिमा हिंड्नु हानिकारक छ। १० मिनेट बज्रासन बसेर केहीबेर बायाँ कोल्टे सुतेर मात्र बाहिर निस्कनु।
१२- बेलुकी खाएपछि १० मिनेट बज्रासन बसेर कम्तिमा एक हजार कदम हिंड्नु अति आवश्यक छ, खाना खाएर तुरन्त सुत्नु हानिकारक छ।
१३- दिनको भोजन पछी मोही, रात्रिको भोजन पछी दुध लिन सकिन्छ र लाभदायक पनि छ। रातिमा कुनै पनि फल खानु हुँदैन।
१४- शौच क्रिया पछी तुरुन्त पानी तथा भोजन लिनु हुँदैन, कम्तिमा १०-१५ मिनेट पछी मात्र लिनु पर्दछ।
१५- सर्दी लागेको बेला दाँत बाट पिप आएको बेला, र थाकेर पसीना आएको बेला पानी खानु हुँदैन।
१६- सिरमा तातो पानीले स्नान गर्नाले नेत्र ज्योति कम हुन्छ। सिर जैले पनि सामान्य पानीले र शरीर जहिले पनि मनतातो पानीले स्नान गर्नु।
१७- सुतेको बेला सिरमा कपडाले बाँधेर सुत्नु, खुट्टामा मोजा लगाएर सुत्नु, अधिक साँगुरा लुगा लगाएर सुत्नु हानिकारक छ।
१८- ज्वरो आएको बेला हावामा घुम्नु, दिनमा अधिक समय सम्म सुत्नु, अधिक परिश्रम गर्नु (जिम गर्नु), स्नान गर्नु र क्रोध आदि बाट बच्नु पर्दछ।
१९- निद्रा लिनाले पित्त घट्छ, तेल मालिश गर्नाले वात कम हुन्छ र वमन (उल्टी) गर्नाले कफ कम हुन्छ तथा उपवास बस्नाले ज्वर शांत हुन्छ।
स्वस्थ रहौं, सुखी रहौं…!
जय प्रकृति..!
प्रतिक्रिया दिनुहोस्: