राज्यको नजर नपरेको झण्डा दिबसमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान

१ पुष २०८१
Avatar
प्रोफाइल खबर

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आज राष्ट्रिय झण्डा दिवस मनाएको छ । दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा नागरिकहरुको एक समूहले राष्ट्रिय झण्डा प्रदर्शन गरेको छ ।

पछिल्लो समय राष्ट्रिय झण्डाको प्रयोग विभिन्न नारा, जुलुसमा भइरहेको भन्दै झण्डालाई राष्ट्रिय पहिचानको रुपमा मात्रै प्रयोग गर्नुपर्ने मत प्रतिष्ठानको छ । कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात् २०१९ साल पुस १ गतेको दिन संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको बताए।

Advertisement:

प्रतिष्ठानले हरेक वर्ष झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको मा थप राष्ट्रिय बिभुतिहरुको सम्झनामा राष्ट्रिय बिभुति दिबस पनि मनाउने कार्यक्रम रहेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्: